युक्रेनका राष्ट्रपति हिरोसिमामा, रुसी आक्रमणपछि पहिलोपटक एसियाली देशमा

युक्रेनका राष्ट्रपति हिरोसिमामा, रुसी आक्रमणपछि पहिलोपटक एसियाली देशमा

एजेन्सी : युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की जी–७ देशको बैठकमा सहभागी हुन जापानको हिरोसिमा पुगेका छन्।

उनी शनिबार दिउँसो जापान अवतरण गरेको समाचार संस्था एएफपीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

जेलेन्स्की मे २१ देखि हुने तीन दिने बैठकमा सहभागी हुने जापानको क्योडो न्यूजले जनाएको छ।

जापानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै समाचार संस्थाले जेलेन्स्की भर्चुअल रूपमा सहभागी हुने भनिए पनि उनी आफैँले जापान आउने इच्छा व्यक्त गरेको उल्लेख गरेको छ।

युक्रेनमा रुसी आक्रमणपछि जेलेन्स्की पहिलो पटक एसियाली मुलुकको भ्रमण गर्दैछन्।

जेठ ६, २०८० शनिबार १४:३२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।