चितवनमा गैंडाको आक्रमणबाट ६० वर्षीय वृद्धको ज्यान गयो

चितवनमा गैंडाको आक्रमणबाट ६० वर्षीय वृद्धको ज्यान गयो

चितवन : गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान ११ बजे गैंडाले आक्रमण गरेको हो। गैंडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा ११ः४५ बजे मृत्यु भएको हो। 

यस्तै गैंडाको आक्रमणबाट स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी घाइते भएका छन्। रेग्मी सामान्य घाइते भएको र उपचार पश्चात् घर फर्किएको कार्यालयले जनाएको छ।

जेठ ६, २०८० शनिबार १४:०४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।