मुकेश र राजपुराले जिते कान्तिपुर हाफ म्याराथनको उपाधि
काठमाडौं : त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले शनिबार राजधानीमा आयोजित नवौं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन्।
‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको यसपालिको हाफ म्याराथन जित्न पुरुष तर्फको प्रतिस्पर्धामा मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्डको समय निकाले। उनी पहिलोपल्ट विजेता भएका हुन्।
जहाँ आर्मीकै राजन रोकाय दोस्रो भए भने बागलुङ घर भई भारतीय सेनामा कार्यरत तीर्थ पुन तेस्रो भए।
महिलातर्फ राजपुराले उपाधि रक्षा गरिन्। गत वर्षकी विजेता पुलिसकी राजपुरा १ घन्टा १९ मिनेट १६ सेकेन्डको टाइमिङ सहित विजेता भएकी हुन्।
यस विधामा पुलिसकै राममाया बुढा दोस्रो हुँदा एपीएफकी पुष्पा भण्डारी तेस्रो भइन्।
जेठ ६, २०८० शनिबार १३:५४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।