रौतहटमा सामान्य झगडमा छिमेकीको छुरा प्रहार गरी हत्या

रौतहटमा सामान्य झगडमा छिमेकीको छुरा प्रहार गरी हत्या

रौतहट : रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ। गौर नगरपालिका–७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसित खानको झगडा भएको थियो। सो क्रममा साविरले खानको छातीमा छुरा प्रहार गरेका थिए।

गम्भीर घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

छुरा प्रहारी गरी साविर भने फरार भएका छन्। उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ। 

गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो वडामा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका खान पराजित भएका थिए।

जेठ ६, २०८० शनिबार १३:१३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।