ऐश्वर्या राय ट्रोलको सिकार, कान्समा ‘गिफ्ट र्यापर’ जस्तो पहिरन लगाएको आरोप
काठमाडौं : कान्स फिल्म फेस्टिभलमा लगाएको पहिरनका कारण भारतिय अभिनेत्री ऐश्वर्या राय बच्चन ट्रोलको शिकार बनेकी छन्।
७६ औं कान्स फिल्म फेस्टिभलमा ‘गिफ्ट र्यापर’ जस्तो पहिरन लगाएको कारण देखाउँदै उनीमाथि सामाजिक सञ्जालमा ट्रोलको ओइरो लागेको छ।
उनले कान्समा लगाएको सिल्भर गाउनसहितको तस्बिर हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धेरैले यसलाई ‘गिफ्ट र्यापर’ भन्दै ट्रोल बनाइरहेका छन्।
त्यस्तै कतिपयले उनलाई ‘कोइ मिल गया’ फिल्मको ‘जादु’ सँग तुलना गरेका छन् भने कतिले ससुरा अमिताभ बच्चनको सम्मानमा यो पहिरन लगाएको भनेर फोटो हालेका छन्।
जेठ ६, २०८० शनिबार १२:२३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।