गोसाइँकुण्डमा आजदेखि विशेष मेला

गोसाइँकुण्डमा आजदेखि विशेष मेला

रसुवा : रसुवा जिल्लाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आज (शनिबार)देखि  विशेष मेला सुरु भएको छ।

गोसाइँकुण्डमा गंगा दशहरा पर्व अन्तर्गत आजदेखि १० दिने विशेष मेला आरम्भ भएको हो। आज पहिलो दिन करिब पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने बताइएको छ।

मेला भर्नका लागि बिहानैदेखि कुण्डमा टाढा टाढाबाट आएका भक्तजनको भिड लागेको छ। गोसाइँकुण्ड मेलाको पहिलो दिन आज यहाँ पुग्ने भक्तजनले दिन भरिनै कुण्डमा स्नान तथा शिवको विशेष पूजा गर्ने गर्दछन्।

दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन गोसाइँकुण्डमा विशेष मेला लाग्ने गर्छ।

जेठ ६, २०८० शनिबार ०८:२१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।