नेपाली खेलाडी आबद्ध दुई टिम भारतीय महिला लिगको फाइनलमा भिड्ने

नेपाली खेलाडी आबद्ध दुई टिम भारतीय महिला लिगको फाइनलमा भिड्ने

काठमाडौं : सरु लिम्बुको एक गोलको सहयोगमा किकस्टार्ट एफसी भारतीय महिला लिगको फाइनलमा प्रवेश गरेको छ।

गए राति भएको सेमिफाइनल खेलमा सेथु एफसीलाई २–० ले हराउँदै किकस्टार्ट लिगको फाइनलमा प्रवेश गरेको थियो। एन्जिला तुम्बापो सुब्बा किप्पर रहेकी सेथुविरुद्ध सरुले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेकी थिइन्।

अब भारतीय लिगको उपाधिका लागि आइतबार फाइनलमा नेपाली खेलाडी आबद्ध दुई टिम किकस्टार्ट र गोकुलम केरेला भिड्ने भएका छन्।​​​​​​​

किकस्टार्टमा नेपाली खेलाडी सरु लिम्बु र रेनुका नगरकोटी आबद्ध छन् भने गोकुलम केरेलामा सावित्रा भण्डारी अनुबन्धित छन्।

अर्को सेमिफाइनल खेलमा नेपाली स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’को दुई गोलको मद्दतले इस्टर्न स्पोर्टिङ युनियनलाई ५–१ ले हराउँदै गोकुलम केरेला एफसीले किकस्टार्टसँगको भिडन्त पक्का गरेको हो।

जेठ ६, २०८० शनिबार ०८:०८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।