पहाडी भू-भागमा आज मेघगर्जन सहित वर्षाको सम्भावना

पहाडी भू-भागमा आज मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं : आज (शनिबार) देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राति भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेठ ६, २०८० शनिबार ०७:१०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।