राष्ट्रिय सभाका सांसदले पनि मागे संसद् विकास कोषको रकम

राष्ट्रिय सभाका सांसदले पनि मागे संसद् विकास कोषको रकम

काठमाडौँ : प्रतिनिधि सभाका सांसदहरूले सांसद विकास कोषको माग गरिरहेको बेला राष्ट्रिय सभाका सांसदहरूले सांसदहरूका लागि रकम नछुट्टाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको काम चलिरहेको बेला राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री भेटेर ध्यानाकर्षण गराउँदै प्रतिनिधि सभाका सांसदका लागि पैसा छुट्टाए राष्ट्रिय सभाका सांसदलाई विभेद नगर्न माग राखे।

भेटमा सहभागी सांसदहरूले  राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनको समान हैसियत भएकाले संसद् विकास कोष नराख्न आग्रह गरेका थिए।

राष्ट्रिय सभाका सांसदहरू सांसद विकास कोषको पक्षमा नभएको बताएका थिए। तर प्रतिनिधि सभामा सांसदहरूलाई रकम छुट्टयाइए राष्ट्रिय सभाका सांसदहरूलाई विभेद नगर्न आग्रह गरिन्।

एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले अर्थ संकटका कारण सांसद विकास कोष राख्न हुँदैन भन्ने कुरामा राष्ट्रिय सभा एकमत रहेको बताएका थिए।

‘प्रतिनिधिसभाका सांसदहरूको  दबाबका भरमा रकम विनियोजन गर्ने हो भने राष्ट्रिय सभाका सदस्यलाई विभेद नगर्न ध्यानाकर्षण गराउँदछु’ उनले भने।

राष्ट्रिय सभाका सांसदहरूको धारणा सुनेपछि प्रधानमन्त्री  प्रचण्डले सरकार सांसद विकास कोष राख्ने पक्षमा नरहेको बताएका थिए। उनले राख्नैपर्ने अवस्था आए दुवै सदनलाई विभेद हुन नदिने उनको धारणा थियो।

जेठ ५, २०८० शुक्रबार २२:११:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।