भारतमा अब २ हजार रुपैयाँका नोट नचल्ने, सेप्टेम्बर ३० सम्म साटिसक्नुपर्ने

भारतमा अब २ हजार रुपैयाँका नोट नचल्ने, सेप्टेम्बर ३० सम्म साटिसक्नुपर्ने

भारतीय रिजर्भ बैंक (आरबीआई)ले २ हजार दरका नोट सर्कुलेशनबाट फिर्ता लिने भएको छ। अर्थात् अब भारतभर २ हजार रुपैयाँ दरका नोटहरू चल्ने छैनन्। 

तर बैंकले विद्यमान नोटहरू अमान्य नहुने जनाएको छ।

२ हजारको नोट सन् २०१६ नोभेम्बरमा भारतमा आएको थियो। त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र हजारका नोट बन्द गरेका थिए। बरु नयाँ ढाँचामा ५ सय र २ हजारको नयाँ नोट जारी गरिएको थियो।रिजर्भ बैंकले सन् २०१८-१९ देखि २००० का नोट छाप्न बन्द गरिसकेको छ। 

आरबीआईले बैंकहरूलाई मे २३ देखि सेप्टेम्बर ३० सम्म २००० का नोट साट्न निर्देशन दिएको छ।

एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्रै साट्न सकिनेछ।

जेठ ५, २०८० शुक्रबार २१:१५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।