नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको कार्यक्रम फिर्ता लियो

नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको कार्यक्रम फिर्ता लियो

आफ्ना पार्टीका नेता रेशम चौधरीलाई अन्याय भएको भन्दै देशव्यापी आन्दोलन र नेपाल बन्दको घोषणा गरेको नागरिक उन्मुक्ति पार्टीले बन्दका कार्यक्रम फिर्ता लिएको छ। 

आज एक विज्ञप्ति जारी गरी पार्टीले वैशाख ६ देखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्दका कार्यक्रम फिर्ता लिने जनाएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संसदमा लाल आयोगको प्रतिवेदन संशोधन गरेर भए पनि प्रकाशित गर्ने प्रतिबद्धता जाहेर गरेपछि बन्दका कार्यक्रम फिर्ता लिइएको पार्टीले बताएको छ। 

साथै सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस भएको पार्टीको भनाइ छ। 

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा नेपाल बन्दका कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगत भएको उल्लेख छ। 

नाउपाले जारी गरेको विज्ञप्ति

 

जेठ ५, २०८० शुक्रबार १९:१५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।