फिल्म प्रचारमा राष्ट्रियताको फन्डा गर्न मनोजलाई माथ गर्दै नवल, तर चलेन आइडिया

फिल्म प्रचारमा राष्ट्रियताको फन्डा गर्न मनोजलाई माथ गर्दै नवल, तर चलेन आइडिया

काठमाडौँ : फिल्मको प्रचारमा फन्डा मिसाउन माहिर निर्देशक हुन् मनोज पण्डित।

फिल्मको हाइप बढाउन कहिले भारतको इन्ट्रेस्ट देखाए त कहिले सेनाको हस्तक्षेप। धन्न खाग फिल्मका लागि उनले प्रचारको हतियार भेटाएनन्। फिल्म पनि डुब्यो।

उनै पण्डितपथमा देखिए अर्का निर्देशक नबल खड्का यसपालि फिल्म काँडेतारको प्रमोसनमा।

नेपाल-भारत सम्बन्ध या सीमा विवादबारे नेपालमा केही भयो कि भारतले हस्तक्षेप गरिहाल्छ भन्ने भ्रम तल्लो नागरिकतहसम्मै देखिन्छ।

अब त्यसमा राष्ट्रियताको भाव जोड्दै भारत विरोधी फिल्म भन्ने प्रचार गराउन सके राष्ट्रवादले ओतप्रोत दर्शक ह्वारह्वार हलमा आइदिन्छन् अनि फिल्मले टन्न कमाउँछ भन्ने सोचमा देखिए उनी पनि।

अनि आफूले नेपालको राष्ट्रियताको पक्षमा फिल्म बनाउँदा सरकारले नै रिलिज गर्न नदिएको भन्दै मिडिया तताउन थाले।

सेन्सर बोर्डले फिल्ममा रहेको राष्ट्रवादी दृश्य काट् भन्यो भन्दै पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलनमा युट्युब तताउन माहिर भीम रावल र ज्ञानेन्द्र शाही ल्याएर राष्ट्रवाद बकाए।

यति गरेपछि मिडियादेखि सामाजिक सञ्जालसम्म काँडेतार छाउँछ, व्यापक प्रचार हुन्छ भन्ने सोच थियो होला। तर सबै फण्डा असफल भयो। अनि खुरुक्क सेन्सर पास गराएर प्रमाण पत्र लिए।

सेन्सर पास भयो। तर रिलिज डेट अझै तोकिएको छैन। अब हेरौँ नवलले फेरि के फन्डा ल्याउने हुन् हाइप बढाउन।

जेठ ५, २०८० शुक्रबार १६:०८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।