बेलायती महारानीको अन्त्येष्टिमा २० करोड डलर खर्च, राजतन्त्रविरोधीहरूले निकाले जुलुस

बेलायती महारानीको अन्त्येष्टिमा २० करोड डलर खर्च, राजतन्त्रविरोधीहरूले निकाले जुलुस

बेलायतकी महारानी एलिजाबेथको निधन भएको आठ महिनापछि त्यहाँको सरकारले उनको अन्त्येष्टिमा भएको खर्चको विवरण सार्वजनिक गरेको छ।

सरकारले सेप्टेम्बर ८ मा उनको निधन भएपछि १० दिनसम्म कार्यक्रम सञ्चालन गरेको बिहीबार बताएको थियो।

जसमा २० करोड डलर खर्च भएको छ। सन् १९६५ मा पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलको मृत्युपछि बेलायतमा यो पहिलो राजकीय अन्त्येष्टि थियो। 

रानीको अन्त्येष्टिमा २ लाखभन्दा बढी मानिसको भीड जम्मा भएको थियो। मानिसहरू वेस्टमिन्स्टर एबे चर्च बाहिर २४ घण्टासम्म लाइन लागेका थिए। यस्तो अवस्थामा पनि कार्यक्रममा कुनै गडबड हुन दिइएको थिएन। यसका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको थियो। सरकारले विभिन्न विभागको खर्च पनि उल्लेख गरेको जनाएको छ।

बेलायतको गृह मन्त्रालयले ७५६ करोड, संस्कृति मन्त्रालयले ५८९ करोड, यातायात मन्त्रालयले २६ करोड, परराष्ट्र कार्यालयले २१ करोड र रक्षा मन्त्रालयले २९ करोड रुपैयाँ खर्च गरेका छन्। 

एकातिर बेलायतले महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा हजारौं करोड खर्च गर्नुपरेको छ। त्यसैगरी, जेठा छोरा राजा चार्ल्सको मृत्युपछि मे ८ मा उनको राज्याभिषेकमा पनि सरकारले ५१३ करोडदेखि १००० करोड रुपैयाँ खर्च गरेको थियो।

राजतन्त्रविरोधी संगठनहरूले भने यसको विरोध गरे। मे ६ गते भएको राज्याभिषेकमा एकातिर राजतन्त्रका समर्थकको भेला भए अर्कोतिर राज्याभिषेकको विरोधमा जनताले जुलुस निकालेका थिए।

जेठ ५, २०८० शुक्रबार १५:१९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।