ट्र्याक्टरको ठक्करबाट ६३ वर्षीय वृद्धको मृत्यु, चालक फरार

ट्र्याक्टरको ठक्करबाट ६३ वर्षीय वृद्धको मृत्यु, चालक फरार

सङ्खुवासभा : खाँदबारी नगरपालिका–१ ढोलबाजेमा ट्र्याक्टरको ठक्करबाट आज एक वृद्धको मृत्यु भएको छ।

ट्र्याक्टरको ठक्करबाट ढोलबाजेका ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिए।

आज बिहान को २ त ३२१६ नंको ट्र्याक्टरको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।

ट्र्याक्टर चालक मकालु गाउँपालिका–१ का २४ वर्षीया तीर्थसिंह तामाङ फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जेठ ५, २०८० शुक्रबार १४:५६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।