तनहुँ अदालतले सुनायो बालिका बलात्कार कसुरमा साढे नौ वर्ष कैद सजाय

तनहुँ अदालतले सुनायो बालिका बलात्कार कसुरमा साढे नौ वर्ष कैद सजाय

दमौली : १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद सजाय सुनाएको छ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बन्दीपुर गाउँपालिका–५ कल्चोकका २२ वर्षीय विनोद विकलाई आज उक्त सजाय सुनाएको हो।

अदालतले पीडितलाई रु २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। 

पीडितलाई विकले वि. सं २०७७ असार २० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले सोही दिन इलाका प्रहरी कार्यालय डुम्रेमा उजुरी दिएका थिए।

यसपछि प्रहरीले विकलाई असार २४ गते पक्राउ गरेको थियो। अदालतको आदेशमा आरोपित विक २०७७ साउन १३ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए। 

जेठ ५, २०८० शुक्रबार १४:४४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।