यार्सागुम्बा टिप्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लाग्दा एक‍ जनाको‍ मृत्यु

यार्सागुम्बा टिप्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लाग्दा एक‍ जनाको‍ मृत्यु

दार्चुला : दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

यार्सागुम्बा टिप्ने क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिंह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

यार्सागुम्बा सङ्कलन गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लागेको थियो। ऐतवालको घटनास्थलमै मृत्यु भएको उनले बताए।

सीतापुल प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ। सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको बताइएको छ।

जेठ ५, २०८० शुक्रबार १०:२८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।