पोखरा विमानस्थलबाट असारदेखि अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने

पोखरा विमानस्थलबाट असारदेखि अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट असारदेखि अन्तर्राष्ट्रिय चार्टर्ड उडान सुरु हुने भएको छ।

आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन्।

बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४ औं राष्ट्रिय सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए।
    
वि. सं २०७९ पुस १७ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान गर्न सकेको थिएन।

विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

जेठ ५, २०८० शुक्रबार ०९:२१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।