दाङमा दुईवटा बस ठोक्किए, एक जनाको मृत्यु

दाङमा दुईवटा बस ठोक्किए, एक जनाको मृत्यु

काठमाडौं : दाङको देउखुरीमा आज (शुक्रबार) बिहान दुईवटा बस एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गमा भएको दुर्घटनामा अन्य दुई दर्जन व्यक्ति घाइते भएको बताइएको छ। मृत्यु हुनेमा रोल्पा रुन्टीगढी-७ कि ४२ वर्षिया सोभा परियार रहेकी छन्।

बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत देउखुरीको फल्कापुरमा बस एकआपसमा ठोक्किएका थिए।

विरगंजबाट तुलसीपुर आउँदै गरेको ना ५ ख ४८५८ नम्बरको यात्रुबहाक बस र लमहीबाट भालुवाङतर्फ गइरहेको लु २ ख ७८५ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

जेठ ५, २०८० शुक्रबार ०८:४४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।