आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं : सरकारको वार्षिक नीति तथा कार्यक्रम आज (बिहीबार) सार्वजनिक हुँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज बस्ने प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्।

संघीय संसद् सचिवालयका अनुसार बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजेको लागि बोलाइएको छ।उक्त बैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन्। 

सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ। 

राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपतिमा चयन भएपछि संघीय संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो।

जेठ ५, २०८० शुक्रबार ०७:३१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।