आज पहाडी भू-भागमा‍ मेघगर्जन सहित वर्षाको सम्भावना

आज पहाडी भू-भागमा‍ मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं : आज (शुक्रबार) देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति भने कोशी प्रदेशको थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेठ ५, २०८० शुक्रबार ०७:११:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।