आईपीएल : बैंग्लोरले टस जित्यो, प्लेअफको दौडमा रहन हैदरावादलाई हराउनैपर्ने

आईपीएल : बैंग्लोरले टस जित्यो, प्लेअफको दौडमा रहन हैदरावादलाई हराउनैपर्ने

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको जारी सिजनमा प्लेअफको दौडमा कायमै रहन रोयल च्यालेन्जर्स बैंग्लोरले बिहीबार सनराइजर्स हैदरावादलाई हराउनैपर्ने भएको छ।

केहीबेरमा सुरु हुने खेलमा बैंग्लोरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

सनराइजर्स हैदरावादको टोली यस आईपीएलमा १२ मध्ये ८ खेल हारेर प्लेअफको दौडबाट बाहिरिसक्दा बैंग्लोरका लागि प्लेअफको दौडमा रहन यो खेल जित्नु निकै महत्वपूर्ण छ।

रोयल च्यालेन्जर्स बैंगलोरले १२ मध्ये ६ खेल जितेको छ र हाल अंक तालिकाको पाँचौं स्थानमा छ। रोयल च्यालेन्जर्स बैंग्लोरले यो खेल जित्यो भने अंक तालिकाको चौथो स्थानमा पुग्नेछ।

जारी सिजनमा बैंग्लोर र हैदरावाद पहिलोपटक भिड्न लागेका हुन्। योसँगै आईपीएलमा हालसम्म यी दुई टोलीबीच २२ खेल खेलिएका छन्।

जसमध्ये १२ खेल हैदरावादले जित्दा ९ खेल बैंग्लोर हावी भएको थियो। २०१७ मा भएको एक खेल भने वर्षाका कारण हुन सकेको थिएन।

४ जेठ, २०८०, १९:३८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।