लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्चले रोकेको छ : प्रधानमन्त्री दाहाल

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्चले रोकेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतको आदेशको कारणले रोकिएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई सांसद्हरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भन्नेमा आफू सहमत भए पनि सर्वोच्चको आदेशले रोकेको बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले राखेको लाल आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा थारुहट आन्दोलन र मधेश आन्दोलनको विषयमा छानबिन गरेर रिपोर्ट पेश गर्नका लागि लाल आयोग गठन भएको कुरा साँचो हो। त्यो आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्नेभित्रै पर्छ म पनि तर, त्यसलाई कुन रूपमा प्रस्तुत हुने भन्दै गर्दा सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन प्रकाशित नगर्नु भन्ने फैसला गरेको जानकारी गराउँछु।’

त्यो फैसलालाई कुनै किसिमले पुनरावेदन गरेर खुला गरेपछि सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

जेठ ४, २०८० बिहीबार १९:२३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।