श्रीमतीको हत्या गरी सेफ्टी ट्याङ्कीमा शव फाल्ने अभियुक्त साढे २ महिनापछि पक्राउ

श्रीमतीको हत्या गरी सेफ्टी ट्याङ्कीमा शव फाल्ने अभियुक्त साढे २ महिनापछि पक्राउ

काठमाडौं : श्रीमतीको हत्या गरी फरार रहेको अभियुक्त साढे २ महिनापछि प्रहरीले पक्राउ गरेको छ।

२६ वर्षीया केशु विकको हत्या गरी फरार रहेका अभियुक्त रोल्पा सुनछहरी गाउँपालिका–६ फगाम बस्ने ३९ वर्षीय गर्भे विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

२०७९ फागुन २० गते दिउँसो गर्भेले श्रीमतीको हत्या गरी कपिलवस्तु शिवराज नगरपालिका–५ चन्द्रौटास्थित प्रयोगमा नआएको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङकीमा फालेर भागेका थिए।

फरार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका–१० सतुंगलबाट पक्राउ गरेको हो । 

गर्भेलाई आवश्यक कानूनी कारबाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको छ।

४ जेठ, २०८०, १७:५७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।