रोडिजको कार्यक्रमबाट बाहिरिए रेमनदास र समन, भित्रिए सुरजसिंह र प्रियङ्का
काठमाडौँ : चौथो सिजनमा आएर निर्देशक बदलेको रियालिटी शो रोडिजले पाँचौँ सिजनमा आएर कार्यक्रम सञ्चालक र एक निर्णायक बदल्यो।
चौथो सिजनको प्रस्तुतिको आधारमा समन श्रेष्ठ अनि दिया मास्के रिस्क जोनमा देखिएका थिए।
तर दिया जोगिइन्। रिस्क जोनमा पुगे समनसँगै कार्यक्रम सञ्चालक रेमनदास श्रेष्ठ।
रेमनले नै रोडिजलाई आकर्षक बनाएका थिए। निर्माण टोलीले उनको ठाउँमा सुरजसिंह ठकुरी लिएको छ। अनि नयाँ निर्णायकको रूपमा भित्रिएकी छिन् प्रियङ्का कार्की।
आशिष राना अनि अनुपविक्रम शाही निर्णायकमा निरन्तर छन्।पाँचौँ सिजनलाई पनि सिमोस सुनुवारले निर्देशन गर्दैछन्। सिजन ३ सम्मको शृङ्खलाको निर्देशन अमनप्रताप अधिकारीले गरेका थिए।
हिमालयन रोडिजको नाममा प्रकाशित हुने साहसमा आधारित रियालिटी शो रोडिजको फ्रेन्चाइज हो। युवापुस्तामाझ यो कार्यक्रम लोकप्रिय छ।
जेठ ४, २०८० बिहीबार १५:५७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।