थप २४ जनामा कोरोना पुष्टि, एक–एक जना आईसीयू र भेन्टिलेटरमा

थप २४ जनामा कोरोना पुष्टि, एक–एक जना आईसीयू र भेन्टिलेटरमा

काठमाडौं : नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ हजार ८३९ जनामा गरिएको परीक्षणमा २४ जनामा संक्रमण देखिएको हो।

यस अवधिमा १५ जना संक्रमणमुक्त हुँदा १५ हजार ५८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

बिहीबार दिउँसो २ बजेसम्म देशभर कोरोनाका ८८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

देशभर संस्थागत आइसोलेसनमा ९ जना हुँदा आईसीयू र भेन्टिलेटरमा एक–एक जना उपचाररत छन्।

कोरोना सुरु भएदेखि हालसम्म नेपालमा १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमित हुनेको संख्या १० लाख भन्दा बढि छ।

जेठ ४, २०८० बिहीबार १५:२१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।