राष्ट्रपति पौडेलले संसद् बैठकलाई सम्बोधन गर्ने
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन्।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबारको बैठकलाई सम्बोधन गर्न लागेका हुन्।
राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ।
शुक्रबार दिउँसो ४ बजेका लागि बैठक दुवै संसद्को संयुक्त बैठक आह्वान गरिएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई तोकिएको पोशाकमा दिउँसो पौने ४ बजेभित्रै आ–आफ्नो स्थानमा आएर बसिसक्न आग्रह गरेका छन्।
त्यसपछि उनले शुक्रबार नै साँझ ६ बजे प्रतिनिधिसभा बैठक आह्वान गरेका छन्।
जेठ ४, २०८० बिहीबार १४:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।