‘हाम्रो एक इन्च जमिन छाड्दैनौं, अरुको एक इन्च पनि चाहिँदैन’

‘हाम्रो एक इन्च जमिन छाड्दैनौं, अरुको एक इन्च पनि चाहिँदैन’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग सीमा समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।

सदनमा सांसद रघु पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको बारेमा प्रश्न उठाएपछि उनले यस्तो बताएका हुन्।

उनले भने, ‘ईपीजी रिपोर्टदेखि लिएर सीमा समस्यासँग सम्बन्धी विषयमा हामीले हाम्रो एक इन्च जमिन छाड्न सक्दैनौं। हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिँदैन। नेपालका सबै राजनीति दल र सदन एकमत छौं।’

नेपालको राष्ट्रिय हित, एकता र सार्वभौम अखण्डता र स्वाधीनतामा कुनै सम्झौता नगर्ने उनले बताए। प्रधानमन्त्रीले भारत भ्रमणको तयारी थालिरहेको भएपनि अहिलेसम्म मिति भने तय भएको छैन।

जेठ ४, २०८० बिहीबार १४:४३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।