भुटानी शरणार्थी प्रकरणमा जुनसुकै ओहदाको जो भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री

भुटानी शरणार्थी प्रकरणमा जुनसुकै ओहदाको जो भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि उम्कन नपाउने र निर्दोष पनि कोही नपर्ने बताएका छन्।

प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद शेरबहादुर कुँवरले सोधेको प्रश्नको जवाफमा उनले यस प्रकरणमा संलग्न जुनसुकै ओहदाको जो भए पनि कारबाही गरिने बताए।

‘दोषी कोही पनि उम्कन नपाओस्, निर्दोष कोही पनि नपरोस् भन्ने हाम्रो जोड छ,’ उनले भने। 

‘जुनसुकै तहका व्यक्ति भए पनि कानुनको दायरमा आउने छन्। त्यो प्रक्रिया अगाडि बढिरहेको पनि छ। भीआईपी र भीभीआईपी​​​​​​हरू पनि परिरहेका छन्। यसैले स्वतन्त्र र निष्पक्ष छानबिन भइरहेको कुरा प्रमाणित गर्दछ,’ उनले थपे।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन संगठित अपराध गरेको विषयलाई संवेदनशील रूपमा लिएको उनले बताए।

साथै उनले यस विषयमा प्रहरी प्रशासनलाई अनुसन्धानमा कुनै पनि हस्तक्षेप हुन नदिने र गृहमन्त्रीलाई पनि निष्पक्षताका साथ अगाडि बढ्न निर्देशन दिएको पनि उल्लेख गरे।

जेठ ४, २०८० बिहीबार १४:२३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।