पूर्व लडाकू शिविरको अनियमिततामा दोषी देखिए जेल जान तयार छु : प्रचण्ड

पूर्व लडाकू शिविरको अनियमिततामा दोषी देखिए जेल जान तयार छु : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व लडाकू शिविरमा कुनै अनियमितता भएको भए त्यसको छानबिनबाट दोषी देखिए आफू जेल जान तयार रहेको बताएका छन्।

संसदमा बिहीबार भएको प्रश्नोत्तरमा प्रचण्डले यस विषयमा सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको बताउँदै भ्रष्टाचार नभएको बताए।

‘क्यान्टोनमेन्टको कुरा कपोलकल्पित हो। फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु,’ राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिंदै उनले भने।

‘त्यति बेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो। उहाँहरुले रुजु गरिसकेको यो विषयलाई राजनीतिक आग्रह पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आश्चर्यमा परेको छु,’ उनले थपे।

जेठ ४, २०८० बिहीबार १४:०५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।