धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि प्रतिनिधिसभा नियम निलम्बन

धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि प्रतिनिधिसभा नियम निलम्बन

काठमाडौं : आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावलीको नियम निलम्बन गरिएको छ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद रमेश लेखकले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम राखेको नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतीले पारित गरेका हुन्।
 
प्रस्ताव अनुसार सभाको आजको बैठकमा १५ भन्दा बढी सदस्यले प्रश्न सोध्न सक्ने जनाइएको छ। पन्ध्र जनाभन्दा बढी सदस्यले प्रश्न गर्ने व्यवस्था बमोजिम समयले नभ्याइने भएकाले नियमावलीमा यस्तो व्यवस्था गरिएको थियो।

आजको बैठकमा धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन गरिएको हो।

जेठ ४, २०८० बिहीबार १३:५०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।