रेमिट्यान्सबाट ९०३ अर्ब आयो, पढाइका लागि ६७ अर्ब बाहिरियो : प्रचण्ड

रेमिट्यान्सबाट ९०३ अर्ब आयो, पढाइका लागि ६७ अर्ब बाहिरियो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा रेमिट्यान्सबाट ९०३ अर्ब रकम देशमा भित्रिएको बताएका छन्।

प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका बोल्दै उनले यही समयमा विदेश पढ्न जाने विद्यार्थीमार्फत् ६७ अर्ब १९ करोड रकम बाहिरिएको पनि उल्लेख गरे।

कांग्रेस सांसद ईश्वरी न्यौपानेको प्रश्नमा उनले भने, ‘आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा रु ९०३ अर्ब ३९ करोड रेमिट्यान्स प्राप्त भएको छ। जुन गत आर्थिक वर्षको तुलनामा २४.२ प्रतिशत वृद्धि हो। यही अवधिमा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा रु ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको छ।’

जेठ ४, २०८० बिहीबार १३:४२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।