लिगको शीर्षस्थानमा उक्लन एनआरटीसँग भिड्दै जावलाखेल
काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आज बिहीबार उपाधि दौडमा रहेको जावलाखेल युथ क्लबले एनआरटीसँग प्रतिस्पर्धा गर्दैछ।
साँझ ६ बजे दशरथ रंगशालामा हुने खेलमा एनआरटीलाई हराए जावलाखेल पुनः लिगको पहिलो स्थानमा उक्लने छ।लिगमा जाउलाखेलको १८ खेलमा ३१ अंक छ भने समान खेलबाट लिडर चर्च ब्वाइजको ३३ अंक छ।
लिगको १९ औं चरण सुरु हुँदा आज तीन खेल हुँदैछन्।
दिउँसो ३ बजे दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र मच्छिन्द्र क्लबबीच भिडन्त हुनेछ। यो खेलमा जितसँगै मच्छिन्द्र पनि लिग उपाधिको दौडमा टक्कर दिन चाहन्छ। मच्छिन्द्रको १८ खेलमा ३० अंक छ।
फ्रेन्ड्सलाई भने रेलिगेसन जोनबाट बाहिर निस्कने चिन्ता छ।
दिउँसो ३ बजे नै हुने अर्को खेलमा मनाङ मर्स्याङ्दीले संकटा क्लबसँग भिडन्त गर्दैछ। यो सिजन खराब फर्ममा रहेको मनाङ २२ अंकसहित आठौं स्थानमा छ।
उता रेलिगेसन जोनबाट मात्र १ अंकमाथि रहेको संकटा भने रेलिगेसनको खतरा बचाउने दाउमा छ।
जेठ ४, २०८० बिहीबार १२:४५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।