आर्थिक संकटको चपेटामा पाकिस्तान, रोकियो कूटनीतिक कर्मचारीको तलब

आर्थिक संकटको चपेटामा पाकिस्तान, रोकियो कूटनीतिक कर्मचारीको तलब

एजेन्सी : पाकिस्तान सरकारले देशमा जारी आर्थिक संकटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोग तथा राजदूतावासमा कार्यरत कर्मचारीको तलब रोकेको छ। 

पाकिस्तान टुडेका अनुसार कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन्। उनीहरुले बिना पारिश्रमिक इदुल फित्र मनाएको र विद्यालयको शुल्क तिर्न समेत धौ धौ भएको बताइएको छ।

मार्च महिनादेखि तलब प्राप्त नभएको कूटनीतिक नियोगका कर्मचारीले बताएका छन्। विदेश मन्त्रालयले आफ्नो बजेटबाट कूटनीतिक कर्मचारीलाई जनवरी र फेब्रुअरीको तलब हस्तान्तरण गरेको थियो ।

हालैको एक बैठकमा कूटनीतिक कर्मचारीले तलब नपाएको विषय उठेपछि अर्थमन्त्री इशाक दारले जवाफ दिनुपरेको थियो । 

जेठ ४, २०८० बिहीबार ११:५९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।