एकैपटक लिभरपुल छाड्दै यी चार खेलाडी, भएन सम्झौता नवीकरण
एजेन्सी : यो सिजनको अन्त्यसँगै इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट एकैपटक चार प्रमुख खेलाडीले विदा लिंदैछन्।
रोबेर्टो फिर्मिनो, जेम्स मिल्नर, चेम्बरलिन र नाबी केइटाले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने लिभरपुलले पुष्टि गरेको छ।
जारी सिजनको सकिएसँगै यी चारै खेलाडीको क्लबसँगको सम्झौता सकिएसँगै उनीहरु लिभरपुलबाट बाहिरिन लागेका हुन्। लिभरपुलले उनीहरुसँगको सम्झौता नवीकरण नगर्ने जनाएको छ।
लिभरपुललाई पछिल्ला वर्षमा प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, कार्बावो कप, युफा सुपर कप र क्लब विश्वकप लगायतका उपाधि दिलाउन यी चारै खेलाडीको योगदान महत्वपूर्ण थियो।
मिल्नर र फिर्मिनो सन् २०१५ मा लिभरपुलसँग जोडिएका थिए। त्यसैगरी चेम्बरलिन २०१७ मा र केइटा २०१८ मा क्लबमा अनुबन्धित भएका थिए।
जेठ ४, २०८० बिहीबार ११:४५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।