नक्कली भुटानी शरणार्थी प्रकरणको विरोधमा एकीकृत समाजवादीले प्रदर्शन गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको विरोधमा एकीकृत समाजवादीले प्रदर्शन गर्ने

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको विरोधमा आज (बिहीबार) एकीकृत समाजवादीले प्रदर्शन गर्ने भएको छ।

यस प्रकरणको विषयमा दिउँसो ३ बजे विरोध प्रदर्शन गर्न लागिएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

विरोध प्रदर्शनको कार्यक्रम माइतीघर मण्डलामा हुने उनले बताए।

बुधबार एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिनका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको थियो।

जेठ ४, २०८० बिहीबार ०९:२०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।