चेन्नईका प्रमुख भन्छन् : धोनीले अर्को वर्ष पनि आईपीएल खेल्नेछन्
एजेन्सी : यो सिजनपछि चेन्नईका कप्तान महिन्द्र सिंह धोनीले आईपीएलबाट पनि सन्यास लिने अनुमान धेरैले गरेका छन्।
यसअघि सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका धोनी आफैंले पनि यो संकेत गरिसकेका छन्।
तर चेन्नईका प्रमुख काशी विश्वनाथनले भने धोनीले अर्को वर्ष पनि आईपीएल खेल्न सक्ने बताएका छन्।
क्रिकबजसँगको कुराकानीमा उनले भने, ‘धोनीले हामीलाई स्पष्ट भनेका त छैनन् तर जसरी उनी खेलिरहेका छन् र टिमको नेतृत्व गरिरहेका छन्, मलाई लाग्छ उनी अर्को वर्ष पनि खेल्ने छन्।
१३ खेलबाट १५ अंकसहित लिगको दोस्रो स्थानमा रहेको चेन्नईको प्लेअफमा पुग्ने सम्भावना बढी छ। धोनीले सन् २०२० मा सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।
जेठ ४, २०८० बिहीबार ०९:११:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।