संसद्मा आज सांसदले प्रश्न गर्ने, प्रधानमन्त्रीले जवाफ दिने

संसद्मा आज सांसदले प्रश्न गर्ने, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं : आज (बिहीबार) प्रतिनिधिसभा (संसद्)को दोस्रो अधिवेशनको छैटौं बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने कार्यसूची रहेको छ।

बिहान ११ बजेदेखि सुरु हुने संसद् बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यतालिका रहेको छ।

संसद्मा आजको लागि सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समावेश छ।

प्रतिनिधिसभाको नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने व्यवस्था छ।

त्यसैगरी आज प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको छ।

जेठ ४, २०८० बिहीबार ०८:०८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।