रियलको पोस्टमा सिटीको ४ गोल, च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानसँग भिड्ने
एजेन्सी : डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
इंग्लिस क्लब सिटीले सर्वाधिक १४ पटकको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडविरुद्ध सेमिफाइनलको दोस्रो लेगमा ४–० को सानदार जित निकाल्यो।
यो जितसँगै समग्रमा ५–१ को नतिजा निकाल्दै सिटीले अन्तिम दुईमा स्थान पक्का गरेको हो। सेमिफाइनलको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो।
हालसम्म च्याम्पियन्स लिग नजितेको सिटीले अब पहिलो उपाधिका लागि फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग भिडन्त गर्नेछ।
घरेलु मैदानमा गए राति भएको खेलमा सिटीको जितमा बर्नाडो सिल्भाले दुई गोल गरे। खेलको २३ औं मिनेटमा सिल्भाले सिटीको खाता खोल्दा ३७ औं मिनेटमा अग्रता दुगुना परेका थिए।
एकतर्फी खेलमा पहिलो हाफमा जस्तै दोस्रो हाफमा पनि सिटीले दुई गोल थप्यो।
७६ औं मिनेटमा एकान्जीले गोल गरे भने इन्जुरी समयमा अल्भारेजले अर्को गोल गर्दै सिटीको सहज जित पक्का गरेका थिए।
जेठ ४, २०८० बिहीबार ०७:३६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।