च्याम्पियन्स लिग सेमिफाइनलः उपाधिविहीन सिटी १४ पटकको च्याम्पियन मड्रिडसँग भिड्दै

च्याम्पियन्स लिग सेमिफाइनलः उपाधिविहीन सिटी १४ पटकको च्याम्पियन मड्रिडसँग भिड्दै

इंग्लिस क्लब म्यानचेस्टर सिटीले फाइनल प्रवेशका लागि राज राति १४ पटकको विजेता रियल मड्रिडसँग च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो खेल खेल्दै छ। 

सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा आज राति (मध्यराति पौन एक बजे) हुँदैछ।

रियलले सेमिफाइनलको पहिलो लेग घरेलु मैदान सान्टियागो बेर्नाबाउमा खेलेको थियो। उक्त खेल १-१ को बराबरीमा सकिएपछि दोस्रो लेगमा दुवैको सम्भावना बराबरी छ।

तर घरेलु मैदानमा जित निकाल्न नसकेको रियललाई सिटीको मैदानमा जित निकाल्न पनि कठिन हुने देखिएको छ। 

च्याम्पियन्स लिगमा ९ पटक भेट भएका यी दुई टोलीबीच ३ जित, ३ हार र ३ बराबरी भएका छन्। सिटीले अहिलेसम्म च्याम्पियन्स लिग उपाधिक जित्न सकेको छैन। सन् २०२१ मा सिटी इंग्लिस क्लब चेल्सीसँग १-० गोलअन्तरले पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो। 

जेठ ३, २०८० बुधबार २३:१७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।