इटालीमा ३६ घण्टामै ५०० मिलिलिटर वर्षा, बाढीमा परी ८ जनाको मृत्यु
इटालीमा मंगलबार भारी वर्षाका कारण आएको बाढीमा परेर ८ जनाको मृत्यु भएको छ।
त्यहाँका नागरिक संरक्षण मन्त्री नेलो मुसुमेसीले एक वर्षमा परेको आधा पानी पछिल्लो ३६ घण्टामा परेको जनाएका समाचार एजेन्सी रोयटर्सले लेखेको छ।
इटालीमा सामान्यतया वर्षभरि १००० मिमी वर्षा हुन्छ। त्यहाँ ३६ घण्टामा ५०० मिलिमिटर पानी परेको छ।
अधिकारीहरूले बाढीबाट इमिलिया-रोमाग्ना क्षेत्र सबैभन्दा बढी प्रभावित भएको जनाएका छन्। यहाँका केही ठाउँमा पहिरो पनि गएको छ।
मानिसलाई बचाउन उद्धार कार्य भइरहेको छ। फेजा, सेसेना र फोर्ली गरी तीन सहरका सडक पूर्ण रूपमा पानीमा डुबेका छन्। धेरै घरमा क्षति पुगेको छ। हजारौं मानिस घरबारविहीन भएका छन्। कतिपय मानिस घरमै थुनिएका पनि छन्।
सामाजिक सञ्जालमा धेरै तस्विर र भिडियो भाइरल भइरहेका छन्। जसमा बाढीले पुर्याएको विनाश र सहयोगको पर्खाइमा बसेका मानिसहरु देख्न सकिन्छ।
जेठ ३, २०८० बुधबार २१:२२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।