घट्यो सार्वजनिक यातायातको भाडा

घट्यो सार्वजनिक यातायातको भाडा

नेपाल आयल निगमले डिजेलको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ।  

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यातायात भाडादर घटाएको जानकारी दिएको हो। 

वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ।

जसअनुसार यात्रुवाहक सवारीमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटाइएको छ। 

जेठ ३, २०८० बुधबार २०:४०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।