भोजपुरी गीतमा पनि दुर्गेश थापा, 'कमर लप लप करे'को सुटिङ सुरु

भोजपुरी गीतमा पनि दुर्गेश थापा, 'कमर लप लप करे'को सुटिङ सुरु

मोडल तथा गायक दुर्गेश थापाले भोजपुरी गीतमा पनि काम गर्ने भएका छन्। 

मोडल हुँदै गायक बनेका थापाले आज फेसबुकमार्फत आफूले भोजपुरी गीतको छायांकन प्रारम्भ गरेको जानकारी दिएका छन्। 

उनले लेखेका छन्, 'जीवनमा पहिलो पटक भोजपुरी गीतमा काम गर्ने सौभाग्य जुरेको छ।आफूले सक्दो मेहनत गरेर 'कमर लप लप करे' गीतको सुटिङ प्रारम्भ गरेका छौँ।'

फरक परिवेश, भाषा लय र संस्कृतिमा रहेर काम गर्न पाउँदा एकदम खुसी लागेको उनले लेखेका छन्। उनले गीतमा अभिनय मात्र गरेका छन् या स्वर पनि दिएका छन् त्यसबारे भने खुलाएका छैनन्। 

जेठ ३, २०८० बुधबार २०:१८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।