दिल्लीबाट सिड्नी उडेको एयर इन्डियाको विमान हावामा लर्खरायो, ७ जना घाइते

दिल्लीबाट सिड्नी उडेको एयर इन्डियाको विमान हावामा लर्खरायो, ७ जना घाइते

दिल्लीबाट सिड्नी जाँदै गरेको एयर इन्डियाको विमान मंगलबार अचानक बीच हावामा घुम्दा ७ यात्रु घाइते भएका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डियाको B787-800 विमा VT-ANY AI-302 मंगलबार दिल्लीबाट प्रस्थान गरेको थियो। सिड्नी नजिक आउँदै गर्दा खराब मौसमका कारण विमान लर्खराएको थियो। 

दुर्घटनामा परेका र घाइते यात्रुलाई चालक दलले प्राथमिक उपचार गरेका थिए। विमानमा उपस्थित डाक्टर र नर्सले पनि घाइतेलाई सहयोग गरेका थिए। यद्यपि घटनामा कोही पनि गम्भीर घाइते भएका छैनन्।

अधिकारीहरूका अनुसार ७ घाइते यात्रुहरूको सिड्नी एयरपोर्टमा उपचार गरिएको छ। यद्यपि अस्पतालमा भर्ना भने गरिएको छैन। ​​​​​​​

एयर इन्डियाका प्रवक्ताले भने, 'विमानमा २२४ यात्रु थिए। एयर टर्ब्युलेसनका कारण केही यात्रु घाइते भएका हुन्।

विमान सुरक्षित रूपमा सिड्नीमा अवतरण भएको थियो।'


 

जेठ ३, २०८० बुधबार १९:०२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।