१३ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलान

१३ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलान

काठमाडौं : इन्टर मिलान १३ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

मिलान डर्बी एसी मिलानमालाई समग्रता ३-० ले हराउँदै इन्टर २०१० पछि च्याम्पियन्स लिगको उपाधि नजिज पुगेको हो।

लाउटारो मार्टिनेजको गोलमा सेमिफाइनल दोस्रो लेगमा इन्टरले एसी मिलानलाई १-० ले पराजित गरेको हो।

मार्टिनेजले ७५औं मिनेटमा गोल गरे। पहिलो लेग इन्टरले २-० ले जितेको थियो।

इन्टरले अब जुन १० मा टर्कीयमा हुने फाइनलमा रियल मड्रिड र म्यानचेष्टर सिटीबीचको विजेतासँग खेल्नेछ।

रियल र सिटीबीचको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो। यी दुईबीच दोस्रो लेग बुधबार राति हुनेछ।

जेठ ३, २०८० बुधबार ०७:१५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।