महत्वपूर्ण खेलमा मुम्बई पराजित, लखनऊ ५ रनले विजयी

महत्वपूर्ण खेलमा मुम्बई पराजित, लखनऊ ५ रनले विजयी

जारी इन्डियन प्रिमियर लिगको सिजनको ६३ औं खेलमा लखनउ सुपरजाइन्ट्सले मुम्बई इन्डियन्सलाई ५ रनले पराजित गरेको छ। 

घरेलु मैदान एकाना स्पोर्टस् सिटीमा लखनऊले दिएको १७८ रनको लक्ष्य मुम्बईले भेट्टाउन सकेन। 

टस हारेर ब्याटिङ गरेको लखनऊले पूरा ओभरमा मात्र ३ विकेटको क्षतिमा १७८ रन बनाएको थियो। लखनऊका लागि मार्क्स स्टोइनिक्सले नट आउट ८९ रन बनाए भने रिटायर्ड हर्ट भएका कुनाल पाण्ड्याले ४९ रन जोडे। 

१७८ रनको लक्ष्य पछ्याएको मुम्बईले पूरा ओभरमा ५ विकेट गुमाउँदै मात्र १७२ रन बनायो। ओपनर इसन किसनले ५९ तथा रोहित शर्माले ३७ रन बनाए भने टिम डेविडले ३२ रन जोडे। आज सूर्यकुमार यादव मात्र ७ रन बनाएर आउट भए। 

लखनऊका यस ठाकुर र रवि विश्नोईले २/२ विकेट लिए। 

यो जितसँगै लखनउ तेस्रो नम्बरमा पुगेको छ। टोलीले १३ खेलमा सातौं जित हात पारेको हो। लखनऊको खातामा १५ अंक भएको छ भने मुम्बईले १३ खेलमध्ये छैटौं हार बेहोरेको छ। मुम्बई पाँचौं स्थानमा छ। 
 

२ जेठ, २०८०, ००:०४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।