जब पाकिस्तानी पूर्वमन्त्रीले प्रहरीलाई देखे, गाडीबाट ओर्लिएर फरार
पाकिस्तानमा जारी राजनीतिक संघर्ष बीचमा मंगलबार एउटा अनौठो घटना सार्वजनिक भएको छ।
यहाँ इमरान खानको पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री फवाद चौधरी प्रहरीलाई देखेर गाडीबाट ओर्लिएर फरार भए।
चौधरीसँगै उनका वकिलहरू पनि दौडिए र इस्लामावाद हाईकोर्टको भवनमा पुगेपछि मात्र सबै जना रोकिए।
चौधरीले हाईकोर्टबाट बाहिर निस्कनेबित्तिकै प्रहरीलाई आफ्नो कारतर्फ अघि बढेको देखेका थिए। आतंकित फवादले गिरफ्तारीबाट बच्ने अर्को उपाय सोच्न सकेनन्।
९ र १० मेमा इमरानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का समर्थकहरूले देशका धेरै भागहरूमा तोडफोड र आगजनी गरेका छन्।
त्यसयता प्रहरीले धेरै नेताहरूको खोजी गरिरहेको छ। जसमध्ये फवाद चौधरी पनि एक हुन्। यो घटनाको भिडियो भारत पाकिस्तानमा भाइरल भएको छ।
जेठ २, २०८० मंगलबार २२:३३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।