जब धोनीसँग अटोग्राफ लिएको पल सम्झिएर टिभी शो मै भक्कानिए गावस्कर
एजेन्सी : भारतीय क्रिकेट लिजेन्ड सुनिल गावस्करले एक टेलिभिजन शो मै भक्कानिएका छन्।
स्टार स्पोर्ट्सको शोमा एमएस धोनीबाट अटोग्राफ लिएको कथा सुनाए। यस क्रममा गावस्कर पनि त्यो पल सम्झेर भावुक भए । गावस्कर रोए जस्तो सुनिन्थे।
यसै क्रममा सुनिल गावस्करले आफ्नो अन्तिम २ इच्छा पनि सुनाए। गावस्करले आफ्नो जीवनको अन्त्यमा दुई मिनेटका लागि दुईवटा कुरा हेर्न मन लागेको बताएका छन्।
गावस्करले भने– ‘म वानखेडे स्टेडियममा २०११ मा महेन्द्र सिंह धोनीको विजयी छक्का हेर्न चाहन्छु। जसरी उनले ब्याट घुमाए। त्यो पल हेर्न चाहन्छु।
गावस्करले यी सबै कुराहरू बोलिरहँदा उनको आवाज भक्कानिएको जस्तो सुनिथ्यो। दोस्रो अन्तिम इच्छा भने सन् १९८३ को कपिलदेवको कप्तानीमा विश्वकप उचालेको हेर्न चाहेको बताए।
क्रिकेट फ्यानहरूले गावस्करलाई पहिलो पटक यसरी भावुक भएको देखेका छन्। लाइभ टिभीमा उनी रोए जस्तो सुनिन्थे।
कार्यक्रममा सुनिल गावस्करले आफ्नो शर्ट पनि ल्याएका थिए जसमा उनले एमएस धोनीको अटोग्राफ लिएका थिए। धोनीको अटोग्राफ किन लिनुभयो? भन्ने प्रश्नमा उनले आफ्नो भावना सुनाएका थिए।
गावस्करले भने, ‘जब मलाई थाहा भयो कि उनी चेन्नईमा ल्याप अफ ऑनर (दर्शकलाई धन्यवाद) दिन जाँदैछन्। त्यसैबेला मेरो दिमागमा यो कुरा आयो कि मैले पनि सर्टमा अटोग्राफ किन नलिने? माहीकहाँ गएपछि मैले अटोग्राफ मागेको थिएँ। यो मेरो लागि निकै भावुक क्षण थियो।’
उनले अगाडि थपे, ‘धोनीले के गरेन यो देश अनि क्रिकेटको लागि?’
आइतबार चेन्नईले कोलकाता नाइट राइडर्स विरुद्ध खेलेको खेलमा गावस्करले मैदानमा घुम्दै गर्दा एमएस धोनीको अटोग्राफ लिएका थिए।
Legend #SunilGavaskar reveals why Thala Dhoni’s autograph will be ♾ treasured.
— Star Sports (@StarSportsIndia) May 16, 2023
The Little Master remembers two of #TeamIndia's most iconic moments ft. @msdhoni & @therealkapildev that he will cherish forever! 💯
Tune-in to more heartfelt content at #IPLonStar. #BetterTogether pic.twitter.com/QM2ozYZTJO
जेठ २, २०८० मंगलबार १८:४५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।