भोडाफोनले ११ हजार कर्मचारी कटौती गर्ने
एजेन्सी : बेलायती बहुराष्ट्रिय दूरसञ्चार कम्पनी भोडाफोनले आगामी तीन वर्षमा ११ हजारलाई नोकरीबाट हटाउने भएको छ।
कम्पनीको नयाँ सीईओ मार्गरिटा डेला भेलले कामलाई ‘सरल’ बनाउने योजनाअन्तर्गत कम्पनीले यस्तो घोषणा गरेको जानकारी गराएकी हुन्। भोडाफोनका विश्वभर १ लाख ४ हजार कर्मचारी छन्।
‘भोडाफोनले सेवा प्रदान गर्न जारी राख्नको लागि परिवर्तन गर्न आवश्यक छ,’ सीईओ भेलले भनिन्।
भेलले जनवरीमा प्रमुखको पदभार ग्रहण गरेपछि अन्तरिम वित्त निर्देशकको रूपमा पनि काम गरिरहेकी छन्।
जेठ २, २०८० मंगलबार १८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।