उच्च अदालतको फैसला सर्वोच्चबाट पनि सदर, रेशम चौधरीलाई जन्मकैदको फैसला

उच्च अदालतको फैसला सर्वोच्चबाट पनि सदर, रेशम चौधरीलाई जन्मकैदको फैसला

टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला  गरेको छ। 

यसअघि उच्च अदालत टीकापुरले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको थियो। 

सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैद सुनाएको हो। 

इजलासले भनेको छ-अभियोग दाबीबाट सफाइ पाऊँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्न सक्दैन।  

२०७२ भदौमा कैलालीको टीकापुरमा थारूहरूको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक झडपको मुख्य आरोपीका रूपमा उनी जन्मकैदको सजाय काटिरहेका थिए। 

सरकारले केेही नेेपाल ऐन संशोधन गरेर राजनीतिक प्रकृतिको मुद्दा फिर्ताको तयारी गरिरहेेको छ।

सोही मुद्दाका सिताराम चौधरी र गंगाराम चौधरीले भने सफाई पाएका छन्।

२ जेठ, २०८०, १७:३९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।