सत्ताधारी १० दलको बैठक सिंहदरबारमा
काठमाडौं : सरकारलाई समर्थन गर्ने १० दलको बैठक बसेको छ।
प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए।
यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि उपस्थित थिए।
त्यसैगरी, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीकी सभापति रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र आम जनता पार्टीका अध्यक्ष प्रभु शाह पनि सहभागी थिए।
जेठ २, २०८० मंगलबार १६:३६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।